श्रीमतीको हत्या गरेको अभियोगमा सिन्धुलीबाट एक जना पक्राउ

बुधबार, १६ फागुन २०८०
सिन्धुली । आफ्नै श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले सिन्धुलीबाट एक जनालाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३५ वर्षीया चेत कुमारी बिकको हत्या गरेको अभियोगमा प्रहरीले दुधौली नगरपालिका–१४ ज्यामिटार बस्ने ३५ वर्षीय बुद्ध बहादुर बिकलाई बुधबार बिहान पक्राउ गरेको हो । सोही ठाउँस्थित खेतमा काम गर्ने क्रममा बुद्धले कोदालो प्रहार गर्दा चेत कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार