‘कांग्रेससँगको गठबन्धन सरकारमा रिबन काट्नेबाहेक काम भएन’ : प्रचण्ड

विहीबार, २४ फागुन २०८०
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धनले काम गर्न नदिएकाले जोखिम मोलेर नयाँ गठबन्धन निर्माण गरेको बताएका छन् । कांग्रेससँग गठबन्धनमा रहँदा रिबन काट्ने र समय कटाउनेबाहेक उपलब्धिमूलक कुनै काम हुन नसकेको उनको भनाइ थियो । पुनर्गठित मन्त्रिपरिषद्‍को पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले केही गरौं भन्ने जोखिम मोलेर आफूले नयाँ गठबन्धन बनाएको बताए । उनले परिणाम देखिने गरी काम गर्न मातहतका मन्त्रीहरुलाई निर्देशन पनि दिए । प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एकमन्त्रीले भने, ‘यो सरकारलाई जनताको अपेक्षाअनुसार काम गर्नैपर्ने दबाब छ । केही गरौं भन्ने मेरो स्पिरिट त्यता मिलेन, हिजो सोचेजस्तो काम गर्न सकिएन त्यसैले अब ब्रेक थ्रू गर्नु छ ।’ काम गर्न सहज नभएपछि एमालेसँग गठबन्धनमा फर्किनुपरेको बताउँदै प्रधानमन्त्रीले कामकाे गति तीब्र बनाउन मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार