नेपाल हङकङसँग ७३ रनले पराजित

शनिबार, २६ फागुन २०८०
काठमाडौं । मैत्रीपूर्ण टी–२० आई को पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ । हङकङले दिएको दुई सय २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए । त्यस्तै, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रनको योगदान दिए । घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो । नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिए । त्यस्तै।, रसिद खान, प्रतिश जिसी र आरिफ शेखले एक–एक विकेट लिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार