अन्तरप्रदेश खेलकुद : सुदूरपश्चिमलाई हराउँदै कोशीले जित्यो स्वर्ण पदक

आइतबार, ०२ बैशाख २०८१
चितवन । कोशी प्रदेशले चितवनको भरतपुरमा जारी अन्तरप्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई २-० गोलले हराउँदै कोशी प्रदेशले महिला फुटबलतर्फ स्वर्ण जितेको हो । भरतपुर-१९ को बखान मिनी रंगशाला शारदानगर फुटबल मैदानमा भएको खेलमा कोशीलाई जिताउन जेनिफर मगर र समीक्षा मगरले एक-एक गोल गरे । खेलको १०औं मिनेटमा जेनिफरको गोलमा सुरुआती अग्रता बनाएको कोशीका लागि ३८औं मिनेटमा समीक्षाले गोल गरेकी थिइन् । बुधबार भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई २-० गोल अन्तरले हराउँदै कोशी फाइनलमा पुगेको थियो । यस प्रतियोगिताअन्तर्गत पुरुष फुटबलतर्फ पनि कोशी प्रदेश स्वर्णको लागि भिड्दै छ । आइतबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा फाइनल खेल हुँदै छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार