एसीसी प्रिमियर लिग – हङकङद्वारा नेपाल सामु ११५ रनको सामान्य लक्ष्य पेस

सोमबार, ०३ बैशाख २०८१
ओमनमा जारी एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको लक्ष्य दिएको छ । बर्षाका कारण १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालले सुरुबाटै हङकङलाई दबाबमा राखेको थियो । नेपालका लागि अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिए । स्पिनरद्वय ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट बाँडे । ललितले अन्तिम ओभरको चौंथो र पाचौं बलमा लगातार विकेट लिएका हुन् । नेपालले केहिबेरमा जबाफी ब्याटिङ गर्नेछ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार