पौडेलले भौतिक पूर्वाधारको विकास गर्ने सके इलामको कन्यामसम्म आउने पर्यटकलाई इलाम जिल्ला भरि पुर्याउन योजना र पूर्वाधार बनाउन सकिने भन्दै यसका लागि सिङ्गो कांग्रेस लागिपर्ने बताए ।
पौडेलले भने, ‘हामी नयाँ सम्भाव्यताको खोजी गरिरहेका छौं, त्यो ठाउँ इलाम हो । इलाम विकास हुँदा इलाम मात्रै हुँदैन समग्र देशको विकास हुन्छ । इलामको पर्यटनले देशको अर्थन्त्रमा वृद्धि गर्छ ।’
उनले थपे, ‘यहाँको चियालाई विश्व बजारमा अझै बढी निर्यात गर्न सके कृषिको विकास हुन्थ्यो, गाउँ छोडेका मानिसलाई योजना बनाएर फर्काउन सकिन्छ । यसका लागि इलाम सुन्दर र सुयोग्य ठाउँ हो ।’
प्रतिक्रिया