बझाङमा एमालेका भण्डारीको अग्रता काममै, पछ्याउँदै माओवादीका बुढा

आइतबार, १६ बैशाख २०८१
काठमाडौं । बझाङमा हालै सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । अहिले नेकपा (एमाले) का उम्मेदवार दमण भण्डारीले अग्रता कायमै राखेका छन् । भण्डारीले १८०२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले १२७४ मत पाएर दोस्रो स्थानमा छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११२८ पाएका छन् । अहिलेसम्म छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार