उनले अगाडी भनेका छन् ‘त्यस्तै हिमालयन रि– इन्स्योरेन्सको प्रबन्ध पत्रमा टाइप गर्दा नम्बर गलत भएको कम्पनीले नै जानकारी दिएको छ । अझ, प्रबन्ध पत्रसहित कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा मेरो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्य तथ्य आफैँ स्थापित हुन्छ। राज्यलाई शङ्का लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्छ, जिम्मेवार नागरिकका हैसियतमा म हार्दिक स्वागत गर्दछु ।’
उनले कसैको नाम उल्लेख नगरी कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले ‘स्टन्टबाजी’ गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुने समेत बताएका छन् ।
साथै उनले विज्ञप्तिमा विभिन्न कालखण्डका शासकहरूले विगतमा पनि यस्ता हत्कन्डा गरेको उल्लेख गर्दै कान्तिपुरले गर्दै आएको निर्भीक पत्रकारिता आफैमा पर्याप्त जवाफ भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया