पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा प्रत्येक वर्ष बिदा 

शुक्रबार, ०५ फागुन २०७९

काठमाण्डौ ।  सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा अब प्रत्येक वर्ष बिदा दिने निर्णय गरेको छ । सरकारले आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता  रेखा शर्माले २०८० सालका लागि क्यालेन्डर तथा पात्रोहरू छाप्ने काम सकिन लागेको अवस्थामा बिदा पुनरावलोकन नगरिएको बताइन् ।गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।
गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप गर्दै क्यालेन्टरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको छ । सरकारले जनयुद्ध दिवसका अवसरमा फागनु १ गते सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार