सुनसरीकी आरती भट्टराई अनेरास्ववियु केन्द्रीय सचिवमा बिजयी

शुक्रबार, ०५ फागुन २०७९
इटहरी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय सचिवमा आरती भट्टराई विजयी भएकी छिन् । नेकपा एमालेको विद्यार्थी भातृ सङ्गठन अनेरास्ववियुको २३ औ महाधिवेशनबाट सुनसरीकी भट्टराई निर्वाचित भएकी हुन् । भट्टराई सुनसरी बाट प्रतिनिधित्व गर्ने एकल पदाधिकारीमा हुन् । प्रारम्भिक कमिटी बाट राजनीति सुरु गरेकी भट्टराई सुनसरीकी उदयिमान नेतृ हुन् । सुनसरीबाटै अध्यक्षमा लोकेश निरौला, उपाध्यक्षमा एकराज दाहाल, सचिवमा अन्जु पाण्डे र भट्टराईले उम्मेदवारी दिएका थिए । त्यसमध्ये भट्टराई निर्वाचित भएकी हुन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार