काउन्सिलका सदस्य दुर्गा भण्डारीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाबारे जानकारी दिँदै अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३, महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका– २०७८ मा भएका प्रावधानबारे प्रशिक्षण दिएका छन्।
अनलाइन खबर डटकमका सम्पादक वसन्त बस्नेतले विषयगत प्रस्तुति राख्दै प्रविधिको फड्कोले सबैलाई मूल प्रवाहमा ल्याउने अवसर दिएको बताए ।
उनले अनलाइन पत्रकारितामा विश्वसनीयताको खडेरी देखिएको, मेहनत र खोजी पना कम हुँदै गएको औँल्याए । विभिन्न ४५ वटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी कार्यक्रमको सहजीकरण काउन्सिलका सह प्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए ।
प्रतिक्रिया