साँसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार

मंगलबार, ०९ फागुन २०७९
काठमाण्डौ । जलनमा परेर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उपचारका लागि मुम्बई लगिएकोमा भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएको हो। मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीसँगै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार आज बिहानदेखि भण्डारीलाई भेन्टिलेटरबाट बाहिर राखिएको छ । कँडेलका अनुसार भण्डारीको सुन्निएको अनुहार पुरानो अवस्थामा फर्किएको छ । र बोली नबुझिएपनि इशारा गर्ने र समान्यअवस्थामा झैबोल्न खोजेको देखिएको उनले बताएका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार