कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

शुक्रबार, १२ फागुन २०७९
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । राष्ट्रपतिको उम्मेदवार चयनका लागि बैठक बस्न लागेको हो । शनिबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवारको रुपमा चर्चामा छन् । फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार मनोनयन दर्ताको कार्यक्रम छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार