उपराष्ट्रपति जसपालाई राष्ट्रपतिमा कांग्रेस र नेकपा एसको दावी

शुक्रबार, १२ फागुन २०७९
काठमाडौ । यतिबेला राजनीतिक माहोल तातिएको छ । सरकारमा सहभागी नेकपा एमाले लगायतका दललाई आउट गर्दै पुरानै गठबन्धन ब्युताउने बाटोमा दलहरु छन् । सोही अनुसार छ्लफलमा छन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी, नेकपा एस तथा जसपाका शिर्ष नेता सहभागी बैठकमा लगभग सहमति भैसकेको नेताहरुले बताएका छन् । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ भने राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी गरिरहेका छन्  । यद्यपि कांग्रेसले नै राष्ट्रपति पाउने सम्भावना रहेको नेताहरु बताउँछन् । बैठकमा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ, जसलाई जसपा र माओवादीको समर्थन छ । तर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने आफूहरुको शर्त नभएको माओवादी नेताहरुले बताएका छन् । कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति छाडेर सहमति हुन नसक्ने बताएका छन् । आज साँझ ५ बजे पुनः बैठक बसेर सहमति खोजिने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार