जुनसुकै परिस्थितिमा एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ:ओली

शुक्रबार, १२ फागुन २०७९
काठमाडौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् । पुरानै गठबन्धन ब्युतिने लगभग निश्चित भैरहेका बेला एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्  । शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँगग कुरा गर्दै ओलीले एमालेले जुनसुकै परिस्थितिमा पनि रास्ट्रपतिमा उम्मेदवारी दिने बताएका हुन् । उनले भने, ‘भोलि मनोनयन हुन्छ । राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ ।’ उनले एमालेको राष्ट्रपतिमा उम्मेदवारी हुन्छ भनेर पुस १० गते नै टुंगो लगाइसकेको बताएका छन्  । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार