बैठक बस्दै एमाले,सरकारबाट बाहिरिने विषयमा निर्णय हुने

शनिबार, १३ फागुन २०७९
काठमाडौ ।  नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ । निर्वाचनको समय भएको गठबन्धन पुनः बन्ने पक्का भएपछी एमालेले सरकार छाड्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो कुरा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराइसकेका छन् । शुक्रबार दिउँसो दुई नेताबीच भएको छलफलमा सहमति नजुटेसँगै ओलीले सरकारबाट एमाले बाहिरिने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री प्रचण्डले बैठकमा दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आफ्नो पाटीले पूर्व सहमति अनुसार राष्ट्रपति पद नपाए तत्काल सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । एमालेले पार्टीको आन्तरिक बैठक आज बोलाएको छ । अबको यात्राको विषयमा सोही बैठकमा छलफल गरि निर्णय गरिने एमालेले जनएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार