नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ। बैठक बिहान ११ बजे पार्टी कार्यालयमा सुरु हुनेछ।
साउन २८ गते स्थगित भएको बैठक आज पुनः बस्न लागेको पार्टी कार्यालयले जनाएको छ।
गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ। आजको बैठक त्यहिबाट सुरु हुने बताइएको छ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसमा नयाँ बहस सृजना भएको छ ।
प्रतिक्रिया