वर्तमान सरकारले उत्कृष्ट काम गरेर देखाउँछ : मन्त्री सिंह

आइतबार, ०९ भदौ २०८१
काठमाडौँ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले अगाडिको सरकार भन्दा उत्कृष्ट काम गरेर देखाउने बताएका छन् । त्यसका लागि योजना अनुसारका काम अगाडि बढाइरहेको बताएका छन् । आइतबार वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् । उनले भने, ‘वर्तमान सरकार काँग्रेस एमाले लगायत अरू दलहरू मिलेर बनेकाले सुशासनदेखि हरेक कुरामा राम्रो गरिरहेको छ । अझै अगाडिको सरकारको अवस्था भन्दा राम्रो सुधार गर्नको लागि काम अगाडि बढाउँदै छौ ।’ साथै उनले उपभोक्ताको जीवन सहज गर्न बजारमा देखिएका आपूर्ति सिस्टममा देखिएका कमीकमजोरीलाई हटाउनुपर्ने धारणा व्यक्त गरे । उनले बजारमा देखिएका समस्यालाई सरकारले समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए ।            

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार