कांग्रेस बैठक भदौ १६ गते

मंगलबार, ११ भदौ २०८१
काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही भदौ १६ गते दिउँसो २ बजे बस्ने भएको छ । उक्त बैठक यसअघि भदौ १२ गते बस्ने निर्धारण गरिएकामा यस अवधिमा सङ्घीय संसद् बैठक नियमित भएकाले कांग्रेसको बैठक भदौ १६ गतेका लागि तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार