को को बने नेकपा एकीकृत समाजवादीको सचिव ?

बुधबार, १२ भदौ २०८१
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको निर्वाचनको अन्तिम मत परिणाम आइरहेको छ । प्राप्त मत परिणाम अनुसार सचिव पदमा शेरबहादुर कुँवर (१५३), सोमप्रसाद पाण्डे (१४१),  श्रीनाथ बराल (१०७), सावित्रीकुमारी भुसाल (१०६) र चन्द्रबहादुर शाही (९१) विजयी भएका छन् । एकीकृत समाजवादीको पाँच सचिवका लागि २६ जना उम्मेदवार रहेका थिए ।
त्यसै गरी एकीकृत समाजवादीको चार उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन् ।
त्यस्तै, चार उपाध्यक्षमा डा. गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार