विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकमा गीता तिम्सिना चयन भएकी छन् ।
प्रदेशसभा सचिवालय दलको कार्यालयमा आज (शुक्रबार) बसेको संसदीय दलको बैठकले तिम्सिनालाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।
माओवादीले दलको उपनेता भने चयन गरेको छैन । हालसम्म जिम्मेवारी बाँडफाँड नभएको भन्दै संसदीय दलका नेता इन्द्र आङ्बोको आलोचना हुँदै आएको थियो ।
कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा माओवादी सत्ता पक्षमा रहेपनि शुक्रबार (आज)बाट भने प्रतिपक्षको बेन्चमा बसेको छ ।
माओवादीले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएसँगै प्रतिपक्षको बेन्चमा बसेको हो ।
प्रतिक्रिया