एमाले कोशी प्रचार उपप्रमुखको जिम्मेवारी भीमज्वाला राईलाई

आइतबार, २३ भदौ २०८१
इटहरी : नेकपा एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको उपप्रमुखको जिम्मेवारी भीमज्वाला राईले पाएका छन् । यसअघि ट्रेड युनियनको इन्चार्जको जिम्मेवारी सम्हालिसकेका राईलाई नेकपा एमाले कोशी प्रदेशको चौथो बैठकले जिम्मेवारी हेरफेर गर्दै प्रचार विभागको जिम्मेवारी दिएको हो । आइतबार (आज) धनकुटाको नाम्जेमा सम्पन्न जनसंगठन समन्वय संयन्त्रको योजना कार्यशालामा राईलाई ट्रेड युनियनको इन्चार्जबाट बिदाइ गर्दै प्रचार विभागको उपप्रमुखको जिम्मेवारी दिइएको हो । पत्रकारिता र आमसञ्चारमा एमए गरेका उनको पृष्ठभूमि पत्रकारिता हो । पत्रकारितासँगै मजदुर आन्दोलनमा स्थापित भएका उनी प्रेस चौतारी नेपालको सुनसरी अध्यक्ष र पूर्वाञ्चल सचिवको जिम्मेवारी सम्हालिसकेका छन् भने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार