लोकतान्त्रिक आन्दोलन सफल पार्न जनजातिको ठुलो योगदान छ : उपसभापति गुरुङ

सोमबार, २४ भदौ २०८१
सुनसरी । नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनमा जनजातिहरूको ठुलो योगदान रहेको बताएका छन् । सोमबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ सुनसरीको जिल्ला कार्यसमितिको प्रथम जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उपसभापति गुरुङले बिपीले उठाउन गरेको आन्दोलनमा जनजातिहरूको ठुलो योगदान रहेको बताएका हुन् । जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा आयोजित अधिवेशनलाई उद्घाटन गर्दै गुरुङले बिपीको आन्दोलनमा पहिलो सहिद कालु राम तामाङलाई कसैले भुल्न नहुने धारणा राखे । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य,जिल्ला सभापति,क्षेत्रीय सभापति लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार