माओवादी केन्द्रले संसद् अवरोधलाई निरन्तरता दिने

शुक्रबार, २८ भदौ २०८१
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ । शुक्रवार बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमान गरेर बोलिएको शब्द फिर्ता गरी समाधान नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले भने, ‘हामीले संसद् अवरोध गरिरहेका छौँ । माओवादीबाट सञ्चालित दश बर्षे सशस्त्र जनयुद्ध थियो यो कुरालाई शान्ति प्रक्रियामा उल्लेख गरेर अगाडि बढिरहेका छौँ । संविधानमा जसरी सबै कुरालाई इङ्गित गरेका छौँ । जनयुद्धलाई अपमानित गर्ने हिसाबले एमालेका सांसद योगेश भट्टराईले अभिव्यक्ति दिनुभयो । त्यति बेलामा पनि सशक्त  प्रतिवाद गरेका थियौँ ।  २६ गतेको बैठकमा सभामुखको रुलिङ हिंसा शब्दलाई मात्रै केन्द्रित गरेर मात्र आयो । जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गरेको उहाँको भाव छ । त्यसलाई प्रतिरोध गर्नुपर्छ । यी विषयमाथि समस्या समाधान नभएसम्म संसद् अवरोध निरन्तर गर्ने छौँ ।’ त्यस्तै माओवादी केन्द्रले सत्ता गठबन्धनले उपसभामुखलाई हटाउन खोजे प्रतिवाद गर्ने निर्णय पनि गरेको उनले जानकारी गराए  ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार