राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापतिमा तीनजनाको उम्मेदवारी

आइतबार, ३० भदौ २०८१
काठमाडौँ : राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । विधायन व्यवस्थापन समितिको सभापति पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । सांसद डा. बेदुराम भुसालको प्रस्तावमा सांसद जयन्तीदेवी राईको उम्मेदवारी परेको छ । राईको समर्थकमा सांसद सुरेशकुमार आलेमगर छन् । विधायन व्यवस्थापन समितिकै सभापति पदमा सांसद तुलसाकुमारी दाहालको पनि उम्मेदवारी दर्ता भएको छ । दाहालको समर्थक र प्रस्तावकमा क्रमशः सांसद आनन्दप्रसाद ढुङ्गाना र सांसद भगवती न्यौपाने छन् । समितिको सभापतिमा यसअघि पनि राई नै थिए । यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्माको मात्र उम्मेदवारी दर्ता भएको सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए । शर्माको प्रस्तावकमा सांसद मदनकुमारी शाह (गरिमा) र समर्थकमा सांसद नरबहादुर विष्ट छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार