पॉचथर : पाँचथरको फिदिम नगरपालिका ४ की १६ वर्षीया विपासा खवासको उपचार सहयोगार्थ बेलायतसहित विभिन्न मुलुकमा रहेका नेपालीले दुई लाख १९ हजार रुपैंयाँ नगद सहयोग गरेका छन् ।
रक्त क्यान्सरबाट पीडित विपासाको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
फिदिम ४ घर भइ बेलायतमा बस्दै आएका सुक लिङदेन र सुनु तुम्वापो गुरुङको सकृयतामा संकलन भएको दुई लाख १४ हजार र सुडानमा बस्दै आएका निवन तुम्बापोका तर्फबाट ५ हजार गरी २ लाख १९ हजार रुपैंया आइतबार बिरामीकी आमा सिता खबासलाई हस्तान्तरण गरिएको हो ।
सुनु तुम्वापो गुरुङ र सुक लिङदेनले नेपालका विभिन्न जिल्लाबाट बेलायत पुगेका २७ जना नेपालीस‘ग हातेमालो गरेर दुई लाख १४ हजार रुपैंया संकलन गरेका हुन ।
उक्त रकम फिदिम ४ का वडाध्यक्ष उपेन्द्र लावती र समाजसेवी दिलकुमारी तुम्बापोले बिरामीकी आमालाई हस्तान्तरण गरेका हुन ।
आइतबार नै फिदिम नगरपालिका ७ रानिटार घर भइ हाल कतारमा रहेकी सुरक्षा थुलुङले पठाएको १६ हजार ६ सय ६५ उपलव्ध गराएकी थिइन् ।
विपन्न परिवारकी सदस्य खबासको उपचार सहयोगार्थ जिल्लाका नागरिकले रकम संकलनका लागि अभियान नै चलाएका छन् । साथै, उनको उपचारार्थ सहयोगको अपिलसमेत गरिएको छ ।
प्रतिक्रिया