झापा : सामाजिक संस्था अग्रसेन भवनको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ १२ सदस्यीय कार्यसमिति सोमबार चयन भएको छ। रमेशकुमार अग्रवालको अध्यक्षतामा चयन भएको समितिमा उपाध्यक्ष दिपेन्द्रकुमार अग्रवाल, सचिव सुजित वंशल, सहसचिव मांगीलाल जिन्दल र कोषाध्यक्ष सुशीलकुमार अग्रवाल रहेका छन्।
निर्वाचन समितिका प्रमुख भाष्कर शर्माका अनुसार आवश्यक संख्यामा एक–एकजनाको मात्र उम्मेद्वारी दर्ता भएकोले समिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो।
साधारणसभा तथा अधिवेशनमा संस्थाका वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत र पारित गरिएको थियो भने संस्थाका सहयोगी, पूर्व अध्यक्ष र संस्थापक–संरक्षकलाई सम्मान गरिएको थियो।
प्रतिक्रिया