सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर ३३ वर्षीय राजवंशीको मृत्यु

सोमबार, ३१ भदौ २०८१
इटहरी । झापाको गौरीगंज गाउँपालिकामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आइतबार बिहान सवा ९ बजे गौरीगंज २ का ३३ वर्षीय महेश राजवंशीलाई आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा  बिद्युत् सर्ट भएर करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका राजवंशीलाई तत्काल उपचारको लागी लाइफलाइन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार