इन्द्रजात्रा समारोहमा बालेनको तस्बिर अङ्कित टिसर्ट लगाएका युवायुवतीलाई प्रहरीले बाहिर निकाल्यो

मंगलबार, ०१ असोज २०८१
काठमाडौँ : इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बिर अङ्कित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई  समारोह स्थलबाट निकालिएको छ । प्रहरीले उनीहरूलाई समारोह स्थलबाट निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरूलाई हटाएको बुझिएको छ । काठमाडौँ महानगरले  इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने गर्दछ । अघिल्लो वर्षको कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीको उपस्थिति युवायुवतीहरूले बालेनको जयजयकार गरेका थिए । यसपालि भने बालेनको उपस्थिति निश्चित रहेको छैन । उनी भारत गएकाले आज यस कार्यक्रममा उपस्थिति अनिश्चित बनेको हो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार