रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा हुने

बुधबार, ०२ असोज २०८१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ । सभापति रवि लामिछाने बुधवार सम्पन्न पहिलो राष्ट्रिय भेलामा आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् । उनले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् भने उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् । राष्ट्रिय भेलामा मङ्गलवार प्रदेश स्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यास लगायतका विषयमा प्रतिवेदन पेस भएका थिए । ती प्रतिवेदनमाथि आज छलफल गरी अनुमोदन गरिएको थियो । ती प्रतिवदेनहरुमा सामूहिक छलफलका लागि केही समय छुट्टाइएको भए पनि पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने छलफलमै नलागेर पारित गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार