पाँचथर : जनता समाजबादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अल्पसंख्यक, मुस्लिम, आदिवासी र पछाडि पारिएका सबै वर्ग, लिङ्ग र समुदायले अपनत्व बोध गर्नेगरी संविधान संशोधन हुनुपर्ने बताएका छन् ।
‘पार्टीले सुरु गरेको जनतास‘ग जसपा’ अभियानका क्रममा पॉचथर आइपुगेका उनले सोमबार पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
‘संविधान अधुरो र अपुरो छ, यस्ले आदिवासी, जनजाती, अल्पसंख्यक र पछाडि पारिएका समुदायको भावना समेट्न सकेको छैन, संशोधन गरेर सबैले अपनत्व बोध गर्नसक्ने बनाउनु आजको आवश्यकता हो,’ उनले भने ।
आफू र आफू नेतृत्वको जसपाले २०७३ असोज ३ गते देखि निरन्तर संविधान संसोधनको माग राख्दै आएकोमा पछिल्लोपटक कांग्रेस र एमालेको सहकार्यमा बनेको सरकारले संशोधन गर्ने भनेपछि पार्टीले समर्थन गरेको उनको भनाइ छ ।
‘अग्रगमन र परिवर्तन हुने कोणबाट संविधान संशोधन गरिनुपर्छ, मुलुकलाई पश्चगमनतर्फ लैजाने दुस्प्रयास भए प्रतिरोध गरिन्छ,’ यादवले भने ।
जसपा नेपालका सहअध्यक्ष तथा पूर्व मन्त्री रकम चेम्जोङले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा पार्टीको समर्थन रहेको जनाए ।
‘ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा केवलकार बन्नु हु‘दैन भन्ने पक्षमासमेत जसपा स्पष्ट छ, पहिचानको मुद्वा टुंगोमा लगाउने नेतृत्व अब हाम्रै पार्टीले गर्छ,’ उनको दाबी छ ।
प्रतिक्रिया