बुधबार जितिया पर्वको अवसरमा इटहरीमा सार्वजनिक बिदा

मंगलबार, ०८ असोज २०८१
इटहरी : जितिया पर्वको अवसरमा इटहरी उपमहानगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । यहाँको थारु जातिलाई प्रथम नागरिक घोषणा गरेको उपमहानगरले जितियामा बुधबार बिदा दिने निर्णय गरेको हो । थारु समुदायले मनाउने जितिया उनीहरूको सम्मानका लागि बिदा दिइएको नगर प्रमुख हेमकर्ण पौडेलद्धारा जारी सूचनामा उल्लेख छ । थारुहरूको बाहुल्यता रहेको इटहरीमा अघिल्लो वर्ष पनि उपमहानगरले बिदा दिने निर्णय गरेको थियो । इटहरी अस्पतालबाहेक इटहरी उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यलय र अन्तर्गतका सम्पूर्ण कार्यलयहरू तथा नगर क्षेत्रभित्रका सम्पूर्ण शिक्षण संस्थाहरू बिदा रहने उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार