विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–६ औलानपुरमा जंगली च्याउ खाँदा ४ जना बिरामी परेका छन् । बिरामी हुनेमा २ नाबालिकासमेत छन् ।
विषालु च्याउको तरकारी बनाएर खाँदा बिरामी परेकाहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बूढीगंगा–६ का २९ वर्षीय इन्द्रकुमार लिम्बूको घरमा मंगलबार राति च्याउको तरकारी बनाएर खाएकाहरुमा वान्ता हुने, छात्ती दुख्नेलगायतका समस्या देखा परेको थियो ।
प्रहरीका अनुसार च्याउ खाँदा इन्द्रकुमार सहित उनका ८ र ७ वर्षका छोरीहरु तथा छिमेकी ३८ वर्षीया सीता लिम्बू बिरामी परेका छन् । बिरामी परेकामध्ये इन्द्रकुमारको अवस्था मध्यम र अरुको सामान्य छ ।
घरमा पकाएको च्याउ खाएको भएपनि इन्द्रकुमारकी पत्नी भने सकुशल छिन् । सीताको स्वास्थ्यमा बुधबार बिहानबाट मात्रै समस्या देखिएको थियो । त्यसलगत्तै उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।
प्रतिक्रिया