छापा मार्ने क्रममा सोनु साह र उमेश सुब्बा भने उम्किन सफल भएको प्रहरीले स्रोतले जानकारी दिएको छ । तर जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वको टोली अचानक यातायात पुगेको थियो ।
केही दिन देखी विशेष निगरानीमा रहेको उक्त कार्यालयमा पुग्दा स्वास्थ्य परीक्षण केन्द्रमा मनिका गिरी स्वास्थ्य परीक्षणमा सक्रिय पाउँदा प्रमुख जिल्ला अधिकारी तिवारीले उनको परिचय मागेका थिए ।
त्यस क्रममा उनी आफू चिकित्सक भएको बताएकी थिइन् । तर प्रमुख जिल्ला अधिकारीले तिवारीले परिचय पत्र देखाउन भनेपछि उनी नक्कली डाक्टर रहेको पाइएको प्रशासनले जनाएको छ ।
उनलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनीसगैं थप १६ जना बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले कार्यालयको ढड्डा बाहिर ल्याएर प्रयोग गरिएको पाइएको थियो । पक्राउ परेको सवैलार्इ बिहीबार म्याद थप गराइ थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया