विराटनगर : कोशी प्रदेश सरकारको आज(सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारबाट सरुवा भई आएका तीनजना सहसचिवलाई प्रदेश सचिवको रूपमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले कोषहरी निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव र पुष्कर प्रसाद पोखरेललाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको सचिवको रूपमा पदस्थापन गरेको सरकारका प्रवक्ता रेवति रमण भण्डारीले जानकारी दिए ।
त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले हालै जेन्जी आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएको प्रदेश सभालाई सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश सरकारका अनुसार कटहरी गाउँपालिकामा रहेको कृषि बजार परिसरमा अस्थायी रूपमा प्रदेश सभा सञ्चालन गर्ने तयारी भइरहेको छ । नयाँ स्थानमा आवश्यक संरचना निर्माण र व्यवस्थापनका काम तीव्र गतिमा अघि बढाइने जनाइएको छ ।
प्रतिक्रिया