राजदुवाली–गोलाखर्क खण्डमा सवारी चलाउन रोक

शुक्रबार, ११ असोज २०८१
इलाम : वर्षाको जोखिम बढेपछि मेची राजमार्गअन्तर्गत इलामको माइखोला (राजदुवाली)देखि गोलाखर्कसम्मको खण्डमा ऐले रातिदेखि बिहानसम्म सवारी चलाउन रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालयले राति १० बजेदेखि बिहान ३ बजेसम्म यो खण्डमा सवारीका साधन रोक लगाएको हो । जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार राति १० बजेसम्म यहाँ आइपुगेका सवारी साधन पास हुने तर त्यसपछि आएका सवारी चलाउन रोक लगाउने बताइएको छ । पाँचथर क्षेत्रमा राँके र झापा क्षेत्रमा जोरकलशमै सवारीका साधनलाई यसबारे सूचना दिइएको जनाइएको छ । राजदुवाली मास्तिरको मेची राजमार्ग खण्डमा निरन्तर वर्षाका कारण सडक भास्सिएर जोखिम बढेको छ । जसकारण यहाँको जमिन नै बगिरहेको छ । माटो बग्ने क्रम नरोकिए ठूलो क्षति हुने सम्भावित घटनालाई मध्यनजर गर्दै सवारी चलाउन रोक्न लगाइएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार