इटहरी : उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारको पुल कोसीले बगाएको छ । रसुवास्थित फोक्सिङटारको पुल शनिबार आएको बाढीले बगाएको हो ।
सस्पेन्सन डिजाइनमा निर्माण सुरु भएर पछि डिजाइन परिवर्तन गरी आर्क डिजाइनमा बनाइएको पुल बनाइसक्न १० वर्ष लागेको थियो । पुलको आर्क नै बगाएपछि फेरी पुल बनाउनुपर्ने अवस्था सृजना भएको छ ।
निरन्तरको वर्षापछि उर्लिएको सुनकोसीका कारण उदयपुरको घुर्मी बजार र ओखलढुङ्गाको हर्कपुर जोड्ने पक्की पुलसमेत जोखिममा परेको छ । कोशीको पानी अहिले उक्त पुलको माथिबाट बगिरहेको छ ।
यता मेची राजमार्गअन्तरगत फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेलीब्रिज बगाएको छ ।
प्रतिक्रिया