राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने

बुधबार, २४ फागुन २०७९
काठमाडौँ । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तटस्थ बस्ने भएको छ। बिहीबार हुने राष्ट्रपति निर्वाचनमा राप्रपाका संघीय तथा प्रदेश सभाका सांसदहरु मतदान प्रक्रियाबाट बाहिर हुनेछन् । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बिहीबार हुने राष्ट्रपतिको निर्वाचनमा राप्रपा तटस्थ बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमसँग रुष्ट भएर राप्रपा फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। राष्ट्रपति मनोनयनमा समर्थक र प्रस्तावक दुवै नबसेको राप्रपाले राष्ट्रपतिको चुनाव पनि बहिस्कार गर्ने बताउँदै आएको थियो। राप्रपाको संघमा १४ र प्रदेशमा २८ सांसद छन्। पार्टीको जम्मा २४ सय ५० मतभार छ। राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार