काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहंकार बोक्ने व्यक्तिको विनास हुने बताएका छन् । पार्टी कन्द्रीय कार्यालय च्यासलमा आयोजित खेलकुद महासंघको नवनिर्वाचित कमिटीको शपथग्रहणपछि सम्बोधन गर्दै उनले अहंकार दिमागमा पस्यो भने त्यसले अन्य कुरालाई रोक्ने बताए ।
‘अंहकार बोक्यो भने कुनै पनि व्यक्ति कतै पनि सफल हुँदैन । त्यो मानिसको विनास हुन्छ जसले अहंकार बोक्छ, अहंकारले दिमागमा अन्य कुरा पस्नै दिँदैन । आफू बस्छ ढोका लगाएर चुकुल लगाउँछ । केही चिज पस्दै दिँदैन आफू मात्रै बस्छ । अंहकार यस्तो गरी बढ्दै जान्छ कि त्यसले कोठा नै फुटाउला जस्तो गर्छ,ु उनले भने ुत्यसैले मस्तिष्कमा अहंकार पस्न दिनु हुँदैन । खेलाडीले अहंकारलाई जे जे हानेर हुन्छ भगाइहाल्नु पर्छ । अहंकारलाई फ्लाइङ किक हाने वा राउन्ड किक हानेर बजाइदिनुहोस् । बक्सिङ, कराँते, जुडो के हुन्छ अहंकारलाई बजाइदिहाल्नु । अहंकारले मितेरी लगायो भने त्यसले खत्तम पार्छ । त्यसैले अहंकारसँग जम्काभेट हुनु हुँदैन, भयो भने दिइहाल्नु पर्छ दनक ।’
खेल मात्रै नभएर राजनीतिमा पनि फल खेल्ने सफल नहुने उनले बताए । ‘पेले, म्याराडोना, मेस्सी, एम्बापेसहित खेलाडीको उदाहरण दिँदै उनीहरू फल नखेल्ने मात्रै नभएर उनीहरुले अरु फल खेल्छन कि भनेर जोगिने पनि गरेको बताएका थिए ।
‘राम्रो उत्कृष्ट भनेर चिनिएका खेलाडीहरुले रफ र फल खेल्दैनन्, नियम तोड्दैनन् । राम्रो खेलाडीला रेड मात्रै होइन एल्लो कार्ड पनि देखाउनु पर्दैन । धकेल्दै धकेल्दैन रफ खेल्दै खेल्दैन । अर्काको खुट्टामा हान्दै हान्दैन । अरुले हान्ला भनेर पनि बडो सतर्कता साथ बचेर खेलेको हुन्छ । राम्रो खेलाडीलाई रफ खेल्नेहरुले घाइते बनाइदिएर त्यो टिमलाई कमजोर बनाउने कोसिस गर्छन्’ ओलीले भने ‘त्यसैले राम्रो खेलाडी अप्रिय रुपमा खेल्ने वा नियम विपरीत नजाने मात्रै होइन अरुको फल खेलसँग पनि आफू जोखिन्छ । किनभने उसलाई घाइते बनाइदिनसक्छन् र आफ्नो टिमलाई कमजोर बनाइदिन सक्छन् । सफल खेलाडी हुने हो भने फल खेल्नु हुँदैन । सफल राजनीतिज्ञ हुने हो भने फल खेल्नु हुँदैन ।’
प्रतिक्रिया