चालकको मृत्यु भएपछि स्थानीयले झापामा बस जलाए 

शनिबार, ०३ कार्तिक २०८१
झापा : झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोहि दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलको नम्बर र चालकको पहिचान भने हुन सकेको छैन । दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन्। आगजनीपछि अहिले राजमार्गमा ठूलो भिड लागेको छ । भिडलाई नियन्त्रणमा लिन प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ। आधा घण्टादेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार