उपराष्ट्रपतिमा जसपाका यादवले पनि गराए उम्मेदवारी दर्ता

शनिबार, २७ फागुन २०७९
काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय यादवले उम्मेदवारी दर्ता गरेका छन् । शनिबार विहान संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनीसँगै जसपा नेताहरु अशोक राई, मनिष सुमन, प्रदीप यादव, सुशीला श्रेष्ठ संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए ।रामसहायको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका रमेशजंग रायमाझी छन् । समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवर्द्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । जसपाबाटै नेतृ प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गर्दैछिन् । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुनेछ । एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार