जनमत पार्टीकी ममता झाले पनि दर्ता गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी

शनिबार, २७ फागुन २०७९
  काठमाडौं । जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।झाले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी गराएकी हुन् । सत्तारुढ चार दल ९कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी० बीच उपराष्ट्रपति जसपाले लिने सहमति भए पनि जनमत त्यसमा सहमत भएको छैन । निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । सोहीअनुसार जनमतले महिलालाई उम्मेदवार बनाएको हो ।उपराष्ट्रपतिको निर्वाचन चैत तीन गते हुँदैछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार