काठमाडौँ/ उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध परेको उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशन गरेर नाम फिर्ताका लागि समय दिने छ।
दिउँसो १ देखि ४ बजेसम्म नाम लिने कार्यतालिका छ। त्यसपछि अन्तिम नामावली प्रकाशन हुने छ। यसअघि शनिबार मनोनयन दर्ता र उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको थियो। गठबन्धनबाट उम्मेदवारी दिएका रामसहायप्रसाद यादवविरुद्ध परेको थियो।
यादवको उम्मेदवारी संविधान र निर्वाचन कानूनविपरीत रहेको भन्दै एमालेले उनको मनोनयन खारेज गर्न माग गरेको छ। एमालेले उजुरीमा राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले नगरेको उल्लेख गरेको छ।
प्रतिक्रिया