कांग्रेसमा विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन समिति

बुधबार, १४ कार्तिक २०८१
काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति गठन गरेका हुन्। समितिमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव र जीवन परियार सदस्य छन् । यसैगरी समितिका अन्य सदस्हरूमा प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य छन् । यसैगरी सदस्यसचिवमा प्रकाश शर्मा तोकिएका छन् । ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार