अस्पतालका एक कर्मचारी मृत फेला

आइतबार, २३ मंसिर २०८१
राजविराज : राजविराजस्थित जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा रहेको कभर्ड हल नजिक एक कर्मचारी आज मृत फेला परेका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका कार्यालय सहयोगी ५५ वर्षीय सुधिरकुमार झा मृत फेला परेका हुन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुर निवासी झा विगत २५ वर्षदेखि सो अस्पतालमा कार्यरत रहेका र उनी अस्पताल परिसरमै रहेको क्वाटर (कोठा)मा सपरिवार बस्दै आएका थिए । छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले घटनास्थल हेर्दा घटना शङ्कास्पद देखिएको भन्दै सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य खोजी गरिनुपर्ने बताए । प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले झाको शवपरीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार