कोशी टप्पुमा अर्नाको आक्रमणबाट मण्डलको मृत्यु

बुधबार, ०३ पुस २०८१
सप्तरी : कोशी टप्पुमा अर्नाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का शुभेलाल मण्डलको अर्नाले आक्रमण गर्दा मृत्यु भएको हो । खेतमा काम गरिरहेका बेला उनलाई अर्नाले आक्रमण गरेको हो । अर्नाको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपनि उनको उपचारको क्रममा मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार