स्यालको आक्रमणबाट ६ जना घाइते

मंगलबार, ०९ पुस २०८१
महोत्तरी : महोत्तरीमा स्यालको आक्रमणबाट ६ जना घाइते भएका छन् । जिल्लाको गौशाला ११ लक्ष्मिनियामा खेतमा काम गरी घर फर्किँदै गरेका स्थानीय स्यालको आक्रमणबाट घाइते भएका महोत्तरी प्रहरीले जनाएको छ । घाइते हुनेमा ५० वर्षीया मनमाया पोखरेल, ७० वर्षीया मतिदेवी, २७ वर्षीया ललिता शर्मा, ४५ वर्षीया निलम देवी शाह, १९ वर्षीय रोशन यादव र वर्ष नखुलेका रामचन्द्र यादव रहेका महोत्तरी प्रहरी प्रवक्ता डीएसपी सन्तुलालप्रसाद जयसवालले जानकारी दिए । घाइतेहरुको जनकपुर प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार