अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा

बुधबार, १० पुस २०८१
सिरहा : यहाँको गोलबजार नगरपालिका–१ स्थित गागन खोलाबाट गैरकानूनी ढङ्गबाट गिट्टी, बालुवा उत्खननमा प्रयोग गरिएका एक डोजर (जेसीबी)र एक टिप्पर वन कार्यालयले नियन्त्रणमा लिएको छ । मङ्गलबार चोहर्वास्थित सवडिभिजन वन कार्यालयको गस्ती टोलीले प्रदेश ३–०१–००३ क ६९२७ नम्बरको डोजर र प्रदेश २–०३–००१ क १९४८ नम्बरको टिपर नियन्त्रणमा लिएको वन कार्यालयका प्रमुख आविद हुसेनले जानकारी दिए । डिभिजन वन कार्यालय, लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विशेष सूचनाका आधारमा टोली खोलामा खटिएको थियो । उक्त टोलीले मात्रै गाडी नियन्त्रणमा लिन असम्भव भएपछि चोहर्वाबाट थप टोली बोलाइएको थियो । उत्खनन्मा संलग्न व्यक्तिहरू भने भागेकाले खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार