पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनतामा खेल कार्यक्रम, कानुनका विद्यार्थीको वर्चस्व

आइतबार, १४ पुस २०८१
विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी, जनसंख्या तथा विकास केन्द्र र ‘कलेज अफ ल’ मा खेल सप्ताह सम्पन्न भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा पुस सात गतेदेखि सुरू भएको खेल कार्यक्रम आइतवार सम्पन्न भएको हो । टेबल टेनिस पुरूषतर्फ एलएलबी प्रथम वर्षका अमित कोइराला प्रथम भएका छन् भने एलएलबी दोस्रो वर्षका चिरञ्जीवी साह द्वितीय भएका छन् । टेबल टेनिस छात्रातर्फ बीए एलएलबी तेस्रो वर्षकी ऋचा वस्ती प्रथम र सोही वर्षकी कृतिका पुडासैनी द्वितीय भइन् । त्यसैगरी ब्याडमिन्टन महिला डबलतर्फ बीए एलएलबी तेस्रो वर्षका मुना कार्की र कृतिका पुडासैनीको समूह प्रथम र सोही वर्षका दीक्षा कार्की र नितिला खतिवडाको समूह द्वितीय भएको छ । ब्याडमिन्टन पुरुष डबलतर्फ बीए एलएलबी चौथो वर्षका रञ्जित लावती र पवन बुढाथोकीको समूह प्रथम र बीए एलएलबी तेस्रो वर्षका अमन महतो र समीर चौधरीको समूह दोस्रो भएको छ । छेलो महिलातर्फ बीए एलएलबी दोस्रो वर्षकी गृष्मा चिमरिया प्रथम, सोही वर्षकी प्रमिला खड्का दोस्रो र चौथो वर्षकी सोनिया आङ्दम्बे तेस्रो भएकी छन् । छेलो पुरुषतर्फ बीए एलएलबी दोस्रो वर्षका मोहम्मद आसिफ रेजा प्रथम, सोही वर्षका रवीन्द्र साह दोस्रो र चौथो वर्षका प्रकाश राई तेस्रो भएका छन् । त्यस्तै, फुटबल महिलातर्फ बीए एलएलबी चौथो वर्षको समूह पहिलो भएको छ भने दोस्रो वर्षको समूह द्वितीय भएको छ । फुटवल पुरुषतर्फ बीए एलएलबी चौथो वर्ष पहिलो भएको छ भने पहिलो वर्ष दोस्रो भएको छ । भलिबल महिलातर्फ बीए एलएलबी दोस्रो वर्ष प्रथम भएको छ भने जनता क्याम्पस द्वितीय भएको छ । भलिबल पुरूषतर्फ बीए एलएलबी चौथो वर्ष पहिलो भएको छ भने तेस्रो वर्ष दोस्रो भएको छ । डोरी तान महिलातर्फ बीए एलएलबी चौथो वर्ष प्रथम भएको छ भने तेस्रो वर्ष दोस्रो भएको छ । डोरीतान पुरुषतर्फ बीए एलएलबी पहिलो वर्ष प्रथम र दोस्रो वर्ष द्वितीय भएको छ । क्रिकेट पुरुषतर्फ बीए एलएलबी तेस्रो वर्ष प्रथम र पहिलो वर्ष द्वितीय भएको छ । त्यसैगरी चेस महिलातर्फ दीक्षा भगत प्रथम र दयादेवी पोखरेल द्वितीय भएका छन् । चेस पुरुष तर्फ शिव लुईंटेल प्रथम र रञ्जित लावती द्वितीय भएका छन् । एक सय मिटर महिला दौड प्रतियोगितामा प्रमिला खड्का प्रथम, रिजा निरौला द्वितीय र काजल कुमारी राजवंशी तृतीय भएका छन् । एक सय मिटर पुरुष दौड प्रतियोगितामा अभिषेक राई प्रथम, धीरज पटेल द्वितीय र यश कुशवाह तृतीय भएका छन् । विजयी खेलाडीहरूलाई माघ २१ गते सरस्वती पूजाको दिन पुरस्कृत गरिने क्याम्पस प्रमुख महेश प्रसाद निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार