पोखरा विश्वविद्यालयको अत्याधुनिक शैक्षिक भवन निर्माण सुरु

सोमबार, २२ पुस २०८१
गण्डकी : पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र अत्याधुनिक शैक्षिक भवनलगायत पूर्वाधार निर्माण सुरु भएको छ । ४१ करोड ४३ लाख १७ हजार पाँच सयको लागतमा निर्माण हुने संरचनाको आज विश्वविद्यालयका उपकुलपति प्रा. डा. वेदराज केसीले एक कार्यक्रमबीच शिलान्यास गरे । भवनसँगै स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका लागि ट्रस संरचना, स्कूल अफ बिजनेसका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मतकार्य अघि बढाइने कार्यक्रममा जानकारी दिइयो । शैक्षिक भवन सात तलाको हुने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार